ध्येय तथा परिकल्पना

अथर्वको अर्थ (Meaning of Atharwa):
हिन्दु धर्म अर्थात वैदिक सनातन धर्ममा ४ वेद र ४० उपवेदले मानव जीवन र प्रकृतिका हरेक पक्षलाई मार्ग दर्शन गरिरहेका हुन्छन् । यिनै ४ वेद मध्ये  अथर्व वेदले अर्थ आर्थिक विषयमा प्रकाश पारेको छ । यहि वेदको नाममा अथर्वको साईनो जोडिएको  छ ।

परिकल्पना (Vision):  
“सर्वाेत्कृष्ट साकोस बनाउने ।” 

ध्येय – (Mission)
“सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक अवस्थामा सुधार गर्न गुणस्तरीय, अत्याधुनिक प्रविधियुक्त, सर्वसुलभ वित्तिय तथा अन्य सेवा उपलब्ध गराउने ।”

लक्ष (Goal):

  • स्रोत र साधनको अधिकतम् प्रयोग गरी सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने । 
  • साना उद्योग व्यवसायीहरुलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम ल्याउने । 
  • सदस्यहरुलाई नियमित बचत गर्ने बानी बसाल्ने । 
  • साधन स्रोत सहितको प्रविधियुक्त सदस्यमैत्री संस्थाको रुपमा विकसित गराउने । 
  • आगामी बर्षहरूमा यस संस्थालाई सवल संस्थाको रुपमा विकास गर्ने । 

उद्देश्यहरु(Long-term Objectives): 

  • संस्थाका सदस्यहरु बीच पारस्परीक सहयोग एवं मितव्ययीताको भावना अभिवृद्धि गरी नियमित बचत गर्ने बानी प्रवर्धन गर्ने ।  
  • सदस्यहरुलाई रोजगारी र आय वृद्धि हुने व्यवसाय सञ्चालन गर्न प्रेरित गरी आय वृद्धि गर्ने । 
  • व्यवसायीक सीप विकास गर्न सदस्यहरुलाई तालिम र शिक्षा प्रदान गर्ने । 
  • पिछडिएका, आदिवासी, दलित, सिमान्तकृत र जनतातिलाई सदस्यतामा प्राथमिकता दिने । 
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.