पृष्ठभूमि (Background):
नेपालमा वि.स.२०१३ साल देखि सहकारीको जन्म भएतापनि २०१६ सालमा वनेको सहकारी ऐनले सहकारी संस्था स्थापना र संचालनको कानूनी वाटो खोलेको थियो । तर २०१७ साल पछि पंचायतकालमा सहकारीलाई प्रोत्सहान गर्नुको सट्टा सरकारले कहिले ग्राम समिति,कहिले साझा र कहिले कृषि विकास वैकको मातहातमा राखी नियन्त्रण गर्ने नीति अवलम्वन ग¥यो । फलत नेपाल भरि जम्मा जम्मी ३ सयको संख्यामा मात्र सहकारी संस्थाहरु सिमित रहे । २०४६ सालमा पंचायत खारेज भै वहुदलिय प्रजातन्त्रको पुनरागमनसँगै सहकारी ऐन २०४८ र नियमावली २०४९ ले नेपालमा सहकारी संस्थाहरुको स्थापना र संचालन द्रुत गतिमा भयो । सुरुको अवश्थामा केहि टाठा वाठाहरुले सहकारी संस्थाको नाममा देशका विभिन्न भागमा शाखा उपशाखा समेत खोली “धनवर्ष” जस्ता कार्यक्रम ल्याई सर्व साधारणहरुको वचतलाई दुरुपयोग समेत गरे । खरावहरु मासिदै गए असलहरु जाग्दै आए । फलतः हाल नेपाल भरि विभिन्न उद्येश्यका संस्था र संघ गरि ३७ हजारको आसपासमा सहकारी संस्थाहरु भएको र देशको अर्थतन्त्रमा र रोजगारको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले सरकारले आफ्नो ३ खम्वे अर्थ नीतिमा सहकारीलाई एउटा खम्वाको रुपमा अवलम्वन गरेको छ ।
बैंक र विकासको क्षेत्रमा काम गरेर लामो अनुभव सम्हालेका केहि मानिसहरु र स्थानिय २६ जना समाजसेवीहरु मिलेर २०५६ चैत्र २१ गते, अथर्व वचत तथा ऋण सहकारी संस्था लि.को स्थापना गरे । अथर्वका संस्थापकहरुको ध्येय अनुसार सामाजिक र आर्थिक विकासको क्षेत्रमा “अथर्व” सस्थालाई समुदायको सामाजिक र आर्थिक विकासमा परिचालन गर्ने गरि अथर्वको स्थापना गरि कार्य आरम्भ गरिएको थियो । जस्को संस्थापक अध्यक्ष शालिग्राम शर्मा हुनुहुन्थ्यो र निरन्तर १४ वर्ष सम्म अथर्वको अध्यक्षको भूमिका निर्वाह गर्नु भयो । यथार्थमा अथर्वका संस्थापकहरुले भविष्यको बैंकको रुपमा अथर्वलाई आत्मसात गरेका थिए । त्यसैले अहिले पनि स्थापनाकालका सदस्यहरुले अथर्वलाई बैंकको रुपमा नै वुझ्ने गरेको पाईन्छ । (विस्तृत जानकारीका लागी अथर्व स्मारिका, सफलताको दश वर्ष, २०६५ माला १, हेर्न उपयुक्त हुनेछ ।) स्थापना कालमा “सहभागी” नाम गरेको सामाजिक संस्थाले आफ्नै कार्यालय भएको ठाँउमा अथर्वलाई एउटा कोठा निःशुल्क उपलब्ध गराउनका साथै अन्य थुप्रै सहयोग गरेको हुदा अथर्वको इतिहासमा चिरकाल पर्यन्त “सहभागी” संस्थाको नामलाई निर्विवाद रुपमा संझीरहनु पर्ने कुरालाई पनि नकार्न सकिदैन ।
अथर्वको अर्थ (Meaning of Atharwa):
हिन्दु धर्म अर्थात वैदिक सनातन धर्ममा ४ वेद र ४० उपवेदले मानव जीवन र प्रकृतिका हरेक पक्षलाई मार्ग दर्शन गरिरहेका हुन्छन् । यिनै ४ वेद मध्ये अथर्व वेदले अर्थ आर्थिक विषयमा प्रकाश पारेको छ । यहि वेदको नाममा अथर्वको साईनो जोडिएको छ ।
परिकल्पना (Vision):
“सर्वाेत्कृष्ट साकोस बनाउने ।”
ध्येय – (Mission)
“सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक अवस्थामा सुधार गर्न गुणस्तरीय, अत्याधुनिक प्रविधियुक्त, सर्वसुलभ वित्तिय तथा अन्य सेवा उपलब्ध गराउने ।”
लक्ष (Goal):
- स्रोत र साधनको अधिकतम् प्रयोग गरी सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने ।
- साना उद्योग व्यवसायीहरुलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम ल्याउने ।
- सदस्यहरुलाई नियमित बचत गर्ने बानी बसाल्ने ।
- साधन स्रोत सहितको प्रविधियुक्त सदस्यमैत्री संस्थाको रुपमा विकसित गराउने ।
- आगामी बर्षहरूमा यस संस्थालाई सवल संस्थाको रुपमा विकास गर्ने ।
उद्देश्यहरु(Long-term Objectives):
- संस्थाका सदस्यहरु बीच पारस्परीक सहयोग एवं मितव्ययीताको भावना अभिवृद्धि गरी नियमित बचत गर्ने बानी प्रवर्धन गर्ने ।
- सदस्यहरुलाई रोजगारी र आय वृद्धि हुने व्यवसाय सञ्चालन गर्न प्रेरित गरी आय वृद्धि गर्ने ।
- व्यवसायीक सीप विकास गर्न सदस्यहरुलाई तालिम र शिक्षा प्रदान गर्ने ।
- पिछडिएका, आदिवासी, दलित, सिमान्तकृत र जनतातिलाई सदस्यतामा प्राथमिकता दिने ।
संस्थागत मूल्य र मान्यताहरु (Norms and Values):
सहकारीका सर्वमान्य सिद्धान्त,र आदर्शलाई आत्मसात गर्दै तपसिलमा उल्लेखित मूल्य र मान्यतामा संस्था चलेको छ ।
संस्थागत मूल्य (Values):
- ईमान्दारिताः प्रत्येक शेयर सदस्यहरु, विभिन्न समिति, उपसमितिहरु र कर्मचारिहरुले अन्तर आत्मावाट पालना गर्नु पर्ने पहिलो शर्त ईमान्दारिता हो ।
- भविष्यको सहाराः प्रत्येक सदस्यहरुले संस्थालाई भविष्यको सहाराको रुपमा लिएका हुन्छन् । किनकी अशक्त अवश्थामा संस्थाले वचतको व्याज सदस्यहरुको घरघरमा पुर्याईदिने वाचा गरेको छ । हामी वृद्ध हुनेछौ, दस्तखत नमिल्न सक्दछ, लालन पालन गर्ने छोरा छोरहिरु टाढा हुन सक्दछन् । त्यस अवश्थामा वचत रकमले केहि मद्त गर्न सक्दछ । त्यसैले कुनै पनि मूल्यमा सो वाचा पुरा गर्नु पर्दछ ।
सदस्यहरुको सेवाः सदस्यहरुको सेवालाई संस्थाले आत्मसात गर्ने र सदस्यहरुले पनि संस्थाको मूल्य र मान्यतालाई पालना गर्नु दोहोरो सेवाभाव हो । संस्थाले कुनै पनि मूल्यमा सो वाचा पुरा गर्नु पर्दछ ।
संस्थागत मान्यता (Norms):
- अग्रगामी सोचः परम्परागत विचार र विधी विधानको अनुसरणले मात्र आधुनिक प्रतिस्पधी र प्रविधीयुक्त समाजमा संस्थाले प्रगती गर्न सक्तैन । तसर्थ प्रतिपादित नीतिनियम अनुसार चल्ने मात्र होईन निती नियमलाई नै सुधार गर्ने अनुभव पनि संगाल्नु पर्दछ र सुधार गर्दे जानु पर्दछ ।
- पूजि विकासः प्रत्येक सदस्यलाई दुर्लभ पूँजी – (नगद रकम) संचित र वृद्धि गर्ने वातावरणको सृजना र प्रोत्सहान संस्थाको दोस्रो मान्यता हो ।
- वचतको सुरक्षाः कठोर मेहेनत गरेपछि मात्र प्राप्त हुने वचत रकमको सुरक्षाको प्रत्याभूति संस्थाको अर्को मान्यता हो । सुरक्षित लगानी र जमानत यसको आधार हो ।
संस्थाका विशेषताहरु (Silent features):
- शिरोभार खर्चः एक प्रतिशत भित्र रहने ।
- हकदार साँक्षीः ऋण लिने व्यक्तिको परिवारको अर्को सदस्यलाई साक्षी राख्ने
- जमानतः साधारणसभाले अख्तियारी प्रदान गरे अनुसार जमानत लिने ।
- प्रमोटर अवधारणाः तरलताको समस्यामा सदस्यहरुलाई विशेष वचत जम्मा गर्न आह्वान गर्ने ।
- लगानीका क्षेत्रहरुः राज्यको प्राथमिकताका क्षेत्र र सदस्यको आवश्यकता अनुसार ।
- महिला सहभागिताः महिला सहभागितालाई प्राथमिकता
- श्रमको कदरः स्वयंसेवालाई निरुत्साहित, संस्थाको काम गर्दा लाग्ने उचित खर्च सोध भर्ना ।
- असल व्यक्ति सदस्यः कालो सूचिमा परेका, आर्थिक कारोवारमा वद्नाम भएकाहरुलाई थाहा पाएसम्म सदस्यता नदिने ।
- आपत कालिन सहयोगः सदस्यहरुलाई दैवि आपत्ति आईपरेमा र रकमले राहत पुग्ने भएमा,सूचना प्राप्त हुनसाथ घर दैलोमा पुगि रकम प्रदान गर्ने ।
- सदस्य सम्मानः वर्षभरिको कारोवारमा उत्कृष्टतम सदस्यहरुलाई पुरस्कृत गर्ने ।
- द्रुत सेवाः सदस्यहरुको मागलाई पहिलो प्राथमिकता साथ संंबोधन गरि ७ दिन भित्र ऋण सेवा ।
- संरक्षित पूँजीकोषः कारोवारी सदस्यहरुलाई समानुपातिक रुपमा प्रदान गरिएको ।
- समय पालनाः तोकीएको समय भन्दा १५ मिनेट ढिलो गर्ने समिति सदस्यले वैठकमा आफ्नो तर्क राख्न सक्दछन, तर उपस्थित जनाउन मिल्दैन ।
- लेखापरीक्षणः नियमित छ । प्रत्येक आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र लेखा परिक्षण गरि साधारण सभा समेत सम्पनन गरि आएको ।
वर्तमान अवश्था (Present status):
- विनियम समेत विभिन्न किसिमका १५ वटा नीति, कार्यविधि, नियम र निर्देशिकाहरुको आधारमा संस्थागत व्यवस्थापन तथा परिचालन ।
- संस्थाका निवर्तमान अध्यक्ष श्री भक्तिराम अधिकारी जिल्ला सहकारी संघ चितवनको संचालक समितिमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित भै प्रतिनिधित्व गर्नु भएको छ । चनौली शित भण्डारमा पूर्व उपाध्यक्ष चन्द्रकान्त भट्टराईले प्रतिनिधित्व गर्नु भएको छ ।
- संचालक समिति ,लेखा समिति समेत ९ वटा उपसमितिहरुको गठन, कार्य विभाजन र परिचालन ।
- अथर्वको स्थापना र प्रवर्धनमा सहजकिरण गरेको सामाजिक संस्था “सहभागी” सस्थागत सदस्य छ ।
- रु. ५ लाख सम्मको वचत रकम भूक्तनी पुर्जाको आधारमा नगद भूक्तनी लिने-दिने व्यवस्था ।
- भरतपुरको मुटु, मालपोत चोकमा संस्थाको आफ्नै ३ तले भवन । भुई तला र दोस्रो तला भाडामा दिईएको । पहिलो तलामा आफ्नो कार्यालय सञ्चालन गरिएको छ ।
- कम्यूटर सफ्टवयरमा लेखा रेकर्ड व्यवस्थापन र परिचालन गरिएको छ ।
- स्थापनाको दोस्रो वर्ष देखिनै लाभांश वितरण गरि आएको ।
- संस्थाको भवन समेतको चल अचल सम्पती विमा गरिएको छ ।
- सदस्यहरु गंभिर दुर्घटनामा पर्दा वा विशेष प्रकारको विरामी पर्दा वा मृत्यू भएमा राहतकोषको सहभागिताको आधारमा एक पटकको लागी हाल रु ३ हजार देखी ३०, हजार सम्मको आर्थिक सहायता प्रदान गर्ने व्यवस्था रहेको ।
- असल ऋृणी सदस्य, उत्कृष्ट वचत कर्ता तथा सदस्यका उत्कृष्ट छात्रछात्रालाई मेरीटको आधारमा पुरस्कृत गर्ने व्यवसथा रहेको छ ।
- वाल वचतको व्यवस्था रहेको छ ।
- नेफ्स्कन, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी संघ, जिल्ला सहकारी सघ लि., चितवन चनौली शीत भण्डार सहकारी संस्था लि. शेयर सदस्यता लिएको छ ।
