अथर्व बचत तथा ऋण सहकारी संस्थाले नयाँ वर्ष २०८२ को पावन अवसरमा अथर्व बचत तथा ऋण सहकारी संस्था लि. ले आज एक भव्य शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको थियो । यस अवसरमा संस्थाका अध्यक्ष, कोषाध्यक्ष, सचिव लगायत सञ्चालक सदस्यहरू, लेखा सुपरिवेक्षण समिति ,विभिन्न उप-समितिहरू,सेयर सदस्यहरूका साथै कर्मचारीहरूको उपस्थित रहेको थियो । शुभकामना दिने क्रममा कोषाध्यक्ष श्री दिपकराज वाग्लेले नयाँ वर्षमा सबैको आर्थिक स्थिरता र उन्नतिको कामना गर्दै संस्थाको बचत तथा ऋण सेवाहरू अझै पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाउनु भयो भने संस्थाका सचिव श्री श्रृजना बसौला देवकोटाले सहकारी भावनाको महत्त्व दर्साउदै संस्थाको विकासमा सबैको सहभागिता आवश्यक छ भन्ने कुरा राख्नु भएको थियो । कार्यक्रममा उपस्थित सबैजनाले एक अर्कालाई नयाँ वर्षको शुभकामना दिँदै सहकारी संस्थाको प्रगतिमा आफ्नो योगदान कायम राख्ने आश्वासन दिनु भएको थियो ।
कार्यक्रमको समापन शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता गरि रहनु भएका संस्थाका अध्यक्ष श्री भरतप्रसाद दवाडीले नव वर्ष २०८२ ले सबैको जीवनमा आशा, उत्साह र समृद्धि लिएर आएको बताउँदै संस्थाका सदस्यहरू, कर्मचारी तथा उपस्थित सबैलाई मंगलमय शुभकामना व्यक्त गर्नु भयो । उहाँले संस्थाले गत वर्षमा हासिल गरेका उपलब्धिहरू सामूहिक प्रयासको परिणाम हो भन्दै आगामी वर्षमा पनि संस्थालाई अझ बढी प्रगतिशील बनाउने आशा व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भयो ।

