अथर्व रजत ग्रन्थ २०८१ “विमोचन एवं सप्ताह व्यापी कार्यक्रम समान्न ।

अथर्व बचत तथा ऋण सहकारी संस्था लि. को रजत महोत्सवको समापनमा “अथर्व वर्ष जेहन्दार पुरस्कार” वितरण अथर्व रजत ग्रन्थ २०८१ “विमोचन एवं सप्ताह व्यापी कार्यक्रम समापन तथा सम्मान समारोह सम्पन्न ।

आज २०८१ चैत्र २१ गते अथर्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत महोत्सव (२५ वर्ष) को सप्ताहा व्यापी कार्यक्रम समापनका अवसरमा “अथर्व वर्ष जेहन्दार पुरस्कार” वितरण, सम्मान तथा समापन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । यस अवसरमा संस्थाका संस्थापक, पुर्व सञ्चालक सेयर सदस्य, कर्मचारी तथा आमन्त्रित अतिथिहरू सहित झण्डै २०० जनाको गरिमामय उपस्थिति रहेको थियो ।

स्वागत भाषण: श्री दिपकराज वाग्ले
कार्यक्रमको सुरुवात संस्थाका कोषाध्यक्ष श्री दिपकराज वाग्ले को स्वागत भाषणसँग भएको थियो । उहाले संस्थाको २५ वर्षे यात्रालाई “सहकारी भावनाको विजय” भनेर सम्बोधन गर्दै भन्नु भयो, “यो उत्सव हामी सबैको साझा प्रयास, विश्वास र समर्पणको प्रतीक हो भन्नुभयो ।

प्रमुख अतिथि नेफ्सकून लेखा सुपरिवेक्षण समिति संयोजक श्री ईन्द्रराज ज्योती पौडेल ले अथर्व बचत तथा ऋण सहकारी संस्थाको २५ वर्षको गौरवशाली यात्रा (रजत महोत्सव) को समापन अवसरमा यस्तो गरिमामय कार्यक्रमको आयोजना गरेकोमा संस्थाका सम्पूर्ण सञ्चालक, कर्मचारी, तथा सेयर सदस्यहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दै यो महत्वपूर्ण उपलब्धि संस्थाका सञ्चालक,समर्पित सदस्य, कर्मचारी, तथा नेतृत्वको साझा प्रयासको फल हो भनेर भन्नु भयो ।

सञ्चालक अध्यक्ष श्री भरतप्रसाद दवाडीको मन्तव्य
सञ्चालक समिति अध्यक्ष श्री भरतप्रसाद दवाडी ले पुरस्कार विजेताहरूलाई बधाई दिँदै यी पुरस्कारहरूले केवल प्राप्तकर्ताको मेहनतलाई मात्र होइन, समूहगत सहकारी भावनालाई सम्मानित गर्छ भन्दै आगामी वर्षहरूमा युवा सहभागिता र नवीनतम प्रविधि अझ बढी अपनाउदै जाने पनि भन्नुभयो ।

कार्यक्रमको मुख्य आकर्षण

• “अथर्व रजतग्रन्थ २०८१ बिमोचन”

• संस्थापक सदस्य सम्मान

• पुर्व सञ्चालक सम्मान

• दीर्घसेवा कर्मचारी सम्मानः संस्थाका व्यवस्थापक श्री प्रेमप्रसाद ढकाल तथा सह लेखापाल श्री कमलाकुमारी भण्डारी

• अथर्व वर्ष जेहन्दार पुरस्कार बितरण

• हाजिरी जवाफ प्रतियोगितामा बिजयी समूह तथा सहभागीहरू लाई प्रमाणपत्र तथा पुरस्कार वितरण

कार्यक्रम सञ्चालन: सचिव श्री श्रृजना बसौला देवकोटा

सचिव श्री श्रृजना बसौला देवकोटा ले कार्यक्रमलाई गतिशील बनाउँदै प्रत्येक चरणमा सम्मानीत महानुभावहरूको परिचयका साथै प्रशंसा गर्नुकासाथै “सहकारीको भावना नै हाम्रो शक्ति हो” भन्ने सन्देश दिनु भयो ।

समापन र धन्यवाद

कार्यक्रमको अन्त्यमा ‍अध्यक्षले सहभागीहरू, संस्थापक र उपस्थित सबै सबैलाई धन्यवाद ज्ञापन गर्दै अर्को २५ वर्षको लागि सँगै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.