रजत महोत्सवको उपलक्ष्यमा आयिजित रक्तदान कार्यक्रम सम्पन्न ।

२०८१/१२/१७ गते अथर्व बचत तथा ऋण सहकारी संस्था लि.को रजत महोत्सव (२५ वर्ष पूर्ण) को अवसरमा नेपाल रेडक्रस सोसाइटी,चितवन शाखाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । यस कार्यक्रममा जम्मा ३३ जनाले रक्तदान गरी मानव सेवामा आफ्नो योगदान पुर्‍याएका छन । कार्यक्रमको संयोजन सञ्चालक सदस्य श्री भक्तिराम भुसालले गर्नु भएको थियो भने कार्यक्रमलाई संस्थाका ऋण अधिकृत श्री ठाकुरप्रसाद दवाडीले सञ्चालनगर्नु भयो ।

संस्थाका अध्यक्ष श्री भरतप्रसाद दवाडी ले यस कार्यक्रमलाई संस्थाको सामाजिक उत्तरदायित्वको एउटा महत्वपूर्ण पाटो रहेको बताउँदै, “हाम्रो संस्थाले आर्थिक सेवासँगै सामाजिक दायित्व पनि निर्वाह गर्नुपर्छ भन्ने विश्वास राख्दछ ” भनेर जानकारी दिनु भएको थियो । प्रमुख अतिथि चितवन जिल्ला बचत सङ्घका अध्यक्ष श्री बिद्या कोइरालाले रक्तदानको महत्व र यसले गर्दा बच्न सक्ने जीवनहरूका बारेमा जानकारी दिदै संस्थाले आफ्नो रजत महोत्सवमा मानवताको सेवा गर्दै समाजमा एक उदाहरणीय भूमिका निर्वाह गरेको कुरा राख्नु भयो ।

कार्यक्रममा संस्थाका सदस्यहरू, कर्मचारीहरू, तथा स्थानीय समुदायका व्यक्तिहरू उपस्थित भएर रक्तदान गर्नु भयो ।

समापन
कार्यक्रम संयोजक श्री भक्तिराम भुसालले सम्पुर्ण रक्तदाताहरूलाई विशेष धन्यबाद दिदै यो रक्तदान कार्यक्रम हाम्रो रजत महोत्सवको एउटा महत्वपूर्ण अंश रहेको र संस्थाले भविष्यमा पनि यस्ता सामाजिक कार्यक्रम जारी राख्नेछ, भन्दै कार्यक्रमको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.